Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • जव २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

जव २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

alt Photo by AFP
  • भदौ ११, २०७६
  • एएफपी
 
लिमा /  दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो ।
राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् । यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । “यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,” प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले भने । क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए ।
उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए । “यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,” क्यास्टिल्लोले भने । यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो । पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो । चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो ।
सम्बन्धित समाचार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्या ...

लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित

भद्रपुर । पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोपले झापामा ठूलो सङ्ख्यामा चौप ...

सर्पको डसाइबाट बालकको मृत्यु

धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित ननकु टोलमा १२ वर्षीय नविजन खातुनको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
सडक निर्माण विवादः सर्लाहीमा गोली चल्योे
आजको राशिफलः २०८२ साल असार ८ गते आइतबार
आजको राशिफलः २०८२ साल असार ७ गते शनिबार
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
कवि माङ्लाककाे 'लिम्बुनी गाउँ' बारे नाम्जेमा परिचर्चा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved