श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ९ गते सोमबार, २३ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको त्रयोदशी तिथि २०ः४५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृतिका १४ः४७ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेसा–व्यवसायमा केही उल्झन देखापर्ने समय छ। थालेको काम रोकिन सक्छ । दोहो¥याएर प्रयत्न गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ । मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कामबाट पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयस्रोत बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।