धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित ननकु टोलमा १२ वर्षीय नविजन खातुनको सर्पको डसाइबाट निधन भएको छ ।

उनलाई के कुन प्रजातिको सर्पले टोकेको हो भन्ने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेका खातुनको दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो । उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको भए पनि थप उपचारका लागि कोशी अस्पताल विराटनगर रेफर गरिएको थियो ।

रेफर गर्ने समयमा बालक बोल्न नसक्ने अवस्थामा रहेका थिए । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भण्टाबारीका वरिष्ठ सइ पुण्य अधिकारीको नेतृत्वमा घटनास्थल पुगेर जाँच गरिएको छ भने लाशको मुचुल्का गरी मृतकको परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।