धरान । मोरङ उद्योग व्यापार सङ्घले शनिबार ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक व्यापारिक कुराकारी सम्पन्न गरेको छ ।

धरानस्थित मितेरी डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईं, विशाल मैदा मिल प्रा.लि.का प्रबन्ध निर्देशक विकासकुमार बेगवानी, शुभकामना सेक्युरिटिज प्रा.लि.का प्रोमोटर निखिल अग्रवालबीच छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण केतन बोहराले गरे ।

कार्यक्रम संयोजक ओमप्रकाश शर्माले नेपालको शेयर बजार हाल विकासशील तर अस्थिर अवस्थामा रहेको बताए । विद्यमान अवस्था हेर्दा नेपाली शेयर बजारको आकार ठूलो हुँदै गइरहेको तर कतिपय अस्पष्ट नीतिहरूका कारण शेयर बजारमा उतार चढाव भई नै रहने जिकिर गरे ।

नियमन सुधार, आई.पी.ओ. खुल्ने दर वृद्धि तथा निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक नीतिहरूबाट नेपाली शेयर बजार दीर्घकालीन रूपले सशक्त हुने, लगानीकर्ताहरूको आकर्षण बढ्ने र आर्थिक वृद्धिको एक महŒवपूर्ण माध्यमसमेत बन्ने बताए । उनले सम्बन्धित तथा नियामक निकायले तत्कालै ध्यान पुर्याउन आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली शेयर बजारको विद्यमान अवस्था र सुधारका विषयहरूमा चर्चा परिचर्चा गरेका थिए ।