Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तरवार्ता
  • रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ त ?

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ त ?

alt
  • माघ १५, २०७६
  • नारायण ढुङ्गाना
 
काठमाडाै / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उनले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन”, प्रवक्ता श्रेष्ठले भन्५न ।, “जबर्जस्ती शङ्का गर्नु जरुरी छैन ।” उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिए ।
केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन् । मङ्गलबार मात्रै कुनै पनि बिरामी अहिले परीक्षणमा नभएको जनाएको स्वास्थ्य मन्त्रालयले आज भने परीक्षणका लागि भनेर सम्पर्कमा आउने मान्छे धेरै भएको जनाएको छ । तर, अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने मन्त्रालयले आज पनि दोहो¥याएको छ । आज शङ्का लागेर परीक्षणका लागि एक जनालाई निगरानीमा राखिएको जनाइएको छ । प्रवक्ता श्रेष्ठले प्रष्ट्याउँदै भने । 
“सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको सङ्क्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो, अन्य रुघाखोकीका बिरामीलाई विभिन्न अस्पतालमा नियमित उपचार गर्दा हुन्छ ।” चीनको वहान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस त्यहाँबाट आएका एक नेपालीमा देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको छ । नेपाल र चिनियाँ सरकराको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको गृह मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक आगन्तुकको परीक्षण गर्ने थालिएको छ ।
अस्पताललाई उच्च सतर्कतामा रहन भनिएको छ भने विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरेर काम भइरहेको छ । नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । यो नयाँ भाइरस हो । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखापरेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो ।
अहिलेको ३१ डिसेम्बरमा चीनको उवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो । नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ ।
धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गर्दा रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिलेसम्म चीनलगायत १४ देशमा चार हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ । चीनमा मात्रै चार हजार ५३७ जनामा देखिएको छ । पछिल्लो अभिलेखमा उक्त भाइरसबाट १०६ जनाको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण फैलिएको क्षेत्रमा रहेका नेपालीको समेत नियमित निगरानी भइरहेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन शुरु भएको र सङ्क्रमण फैलिएमा रोक्नका लागि आवश्यक पूर्वतयारीसमेत भइरहेको जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म चार जनामा परीक्षण भएकामा चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएको छैन । मन्त्रालयले नियमितरुपमा पत्रकार सम्मेलन गर्दै हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ ।
सम्बन्धित समाचार
फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले

धरान । हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले राष ...

बजेटैपिच्छे धरानवासीलाई सुरुङ मार्गको ‘ललिपप’

धरान । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यको २९६ औँ बुँदामा समेटिएको पाल्प ...

कोठा भाडामा लिएर नक्कली नोट छाप्थे गणेश

भद्रपुर । नक्कली नोटसहित काँकडभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ–५ का ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले
बजेटैपिच्छे धरानवासीलाई सुरुङ मार्गको ‘ललिपप’
कोठा भाडामा लिएर नक्कली नोट छाप्थे गणेश
आजको राशिफलः २०८२ साल जेठ २४ गते शनिबार
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह :पूर्वराष्ट्रपति भण्डारी
डिपो स्कुलमा खुला व्यामशालाको उद्घाटन
भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छःअध्यक्ष दाहाल
माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनःमहामन्त्री थापा
अधिकृतद्वारा ठगी घटनाः वारेसमार्फत् लिइन् दुई महिनाको तलब
उमागौरी सहकारी प्रकरणः अनुकूल न्यायाधीश खोज्न सुनुवाइ सारेको सार्यै
लागूऔषधसहित धरानबाट एक पक्राउ
शृङ्खलाबद्ध चोरीमा संलग्न तीन पक्राउ
जातीय भेदभावको अन्त्य व्यवहारमा होस्
आजको राशिफलः २०८२ साल जेठ २३ गते शुक्रबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved