Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • नेपालमा कोरोना भाइरस : एकजना निगरानीमा

नेपालमा कोरोना भाइरस : एकजना निगरानीमा

alt
  • माघ १५, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाै / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ । यसअघि चार जनामा गरिएको परीक्षणमा माघ ९ गते एक जनामा सङ्क्रमण भएको फेला परेको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ ।
आज साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । जनमानसमा नकारात्मक सन्देश जानसक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ ।
बैठकमा सङ्क्रमण फैलनसक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए । यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन् ।
सम्बन्धित समाचार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई

धरान । धरान–१६ स्थित रङ्गशालामा भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प ...

अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य

धरान । निजी तथा सामुदायिक विद्यालयमा अब प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक ...

आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १५ गते आइतबार, २९ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved