धरान । भारतबाट रोजगारका लागि धरान आएका सिलाइ मजदुरहरूलाई भारत पठाइएको छ ।

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा धरानमा कार्यरत ३९ जना मजदुरहरूलाई भारत बिहार राज्यस्थित भागलपुर जिल्लाका नागरिकलाई पठाइएको हो । उनीहरूलाई जोगबनी नाका हुँदै भारत प्रवेश गराइने कार्यक्रम रहेको धरान मुस्लिम समाजका संयोजक फिरोज अलीले जानकारी दिए ।

भारत पठाउनका लागि इलाका प्रहरी कार्यालय धरानसँग परामर्श गरिएको उनले बताए । ३९ जना सिलाइ मजदुरहरूको नामावली इप्रका धरानमा बुझाउन लागिएको उनले जानकारी दिए । पहिलो चरणमा ३९ जना पठाइएको छ । लकडाउनका कारण तीन महिनादेखि कामविहीन बनेपछि उनीहरूलाई उपप्रमुख भण्डारीको पहलमा पठाइएको हो । उनीहरूलाई जोगबनीसम्म मुस्लिम समाजका गुलबहार र मोहम्मद सागिरले सहयोग गरिरहेका छन् ।