श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ६ गते शुक्रबार, २२ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १२ः४६ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्लेषा ०१ः१० बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३८ बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नियमित कामको नतिजाले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कृषिकर्मबाट लाभ मिल्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विशिष्ट व्यक्तिको सहयोगले महŒवाकाङ्क्षी काम बन्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम पनि सम्पादन हुनेछन्। अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विशेष योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।      

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।