संखुवासभा । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार संखुवासभाबाट एक जना कैदीलाई कैद मिनाह भएको छ ।
कैद मिनाह पाउनेमा संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका ३९ वर्षीय तेम्बानुर्वु शेर्पा छन् । उनी गत २०७१ साल माघ १३ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएको खाँदबारी कारागारका सूचना अधिकारी हेमराज राईले बताए ।
उनलाई दश वर्ष नौ महिनाको कैद तोकिएको थियो । उनले हालसम्म पाँच वर्ष ६ महिना १९ दिन अर्थात ५१.६३ प्रतिशत कैद भुक्तान गरी सकेका थिए । उनलाई ५ वर्ष २ महिना ११ दिनको छुट पाएका हुन् । हाल जिल्लामा १ सय १९ जना कैदी रेहको कारागारले जनाएको छ ।