धरान । सेवक अभियान धरानले हाइकिङ गाइड तालिम प्रदान गरेको छ । शुक्रबार र शनिबार अभियानले ५० जनालाई तालिम प्रदान गरेको हो ।
तालिमको सहजीकरण गोपाल राईले गरेका थिए । तालिमलाई प्रदेशको सांसद् विकास कोषले सहयोग गरेको थियो । तालिममा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको अध्यक्ष राजीव हलुवाईले जानकारी दिए ।
अभियानले हरेक शनिबार धरानमा हाइकिङ गराउँदै आएको छ । हाइकिङलाई व्यवसायिक बनाउने उद्देश्यका साथ तालिम गरिएको उनले बताए । तालिमको समापन प्रदेश सांसद् सावित्री जोशीले गरेकी थिइन् । उनले सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्दै हाइकिङले स्वास्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने बताइन् ।