सन्तवीर लामा
धनकुटा / अबिरल वर्षाको कारण भेडेटार रवि राँके सडकमा पहिरो जाँदा साधन आवात जावतमा समस्या भएको छ । मंगलवार विहान परेको अविरल वर्षाको कारण साँगुरीगढी गाउँपालिका वडा नं.६ मझुवाको कुईभीरमा पहिरो जाँदा सडकमा सवारी साधन आवात जावतमा समस्या भएको हो ।

अबिरल वर्षाको कारण तीन स्थानमा पहिरो खस्दा मंगलवार विहानदेखि साँझसम्म यातायातसमेत अवरुद्ध भएको प्रत्यक्षदर्शी स्थानीय नैन विश्वकर्माले जनाकारी दिए । संगठनको कामले जिल्लाको छ नं.वुधवारे जाने क्रममा सोही स्थानमा सडक अवरुद्ध भए पछि धनकुटा फर्कनु परेको विश्वकर्माले वताए ।

साँगुरीगढी गाउँपालिका वडा नं.६ स्थित् मझुवाको कुईभीर, दानसीन भीर र लुम्फाजुङ्गमा पहिरो जाँदा वर्षाको कारण पहिरो झरेको थियो । पहिरोको कारण सडक अवरुद्ध हुँदा दजैनौं ढुवानीका मालवाहक सवारी साधनहरु विच बाटैमा रोकिएको भेडेटार प्रहरी चौकीका इन्चार्ज यदु खड्काले जनाकरी दिए । मंगलवार विहानै देखी परेको पानी अपरान्ह ३ वजे तिर मात्र रोकिएको थियो । जेसिवी प्रयोग गरेर सडक खुलाउने प्रयास भए पनि राती राती अबेर मात्र सडक खुलाइएको थियो । वर्षा नरन्तर भईरहे सडक जोखिम कायमै रहने प्रहरीले जनाएको छ ।

मझुवाको कुईभिर कन्या पोखरीको छेउमा गएको पहिरोले स्थानिय १५ घर धुरीलाई प्रतक्ष्य असर पु¥याउने प्रहरीले जनाएको छ । अघिल्लो वर्ष पनि सोही स्थानमा पहिरो जाँदा ३–४ घर स्थानिय विस्थापित भएका थिए । यो वर्ष पनि अत्याधिक मात्रामा वर्षा भइरहेकाले बेलैमा सचेत नहुने हो भने मझुवाको कुइभीरमा गम्भिर संकट उत्पन्न हुने निश्चित छ । पहिरोको कारण वस्तीलाई जोखिम त छदैंछ, यातयात आवातजातमा समेत विकल्प खोज्नु पर्ने अवस्था पहिरोको कारण सृजना हुने स्थानियहरु वताउँछन् ।

समय मै सम्वन्धित निकायले सो सडक खण्डमा वैकल्पिक मागृको लागी ध्यान नपु¥याए कुनै पनि वखत संकट आउन सक्ने पनि स्थानियले औल्याएका छन् । नियमित वर्षा भैरहँने हो भने कुन वेला सडक वगेर कहाँ पुग्ने हो पत्तै नहुने उनीहरुको भनाई छ ।