धनकुटा/ धनकुटाका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कुवेतबाट घर आएका धनकुटा नगरपालिका वडा नं. २ का ३२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको धनकुटा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

हाल ती पुरुषलाई धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा रहेकोे क्वारेण्टिनमा बसिरहेका थिए । क्वारेण्टिनमा रहेका २१ जना र बाँकी वाहिरका गरी जम्मा ३८ जनाको पिसिआर टेष्ट गर्दा १ जनाको पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए ।

अन्य ३७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले घर पठाइएको र पोजेटिभ आएका पुरुषलाई कोभिड अस्पताल मोरङको गोठ गाउँ पठाइएको भण्डारीले बताए ।

सोमबारदेखि धनकुटा न.पा.६ अमलेटारमा रहेको क्वारेण्टिनमा ३ जनालाई मात्र राखिएको नगरपालिकाले जनाएको छ । आइतबार थप १९ जनाको जिल्ला अस्पतालको कन्ट्याक्ट ट्रेसिङबाट पीसीआर टेष्ट गर्न स्वाब पठाइएकोमा आज(मङ्गलबार) साँझसम्ममा रिपोर्ट आउने जनाइएको छ ।