मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–४ स्थित मातृभूमि समाज सेवा युवा क्लबको भवन आइतबार हस्तान्तण भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले संयुक्त रुपमा भवनको उद्घाटन गरी क्लबलाई हस्तान्तरण गरे । 

भवन हस्तान्तरण गर्दै अध्यक्ष काफ्लेले यस ठाउँ र सिंङ्गो गाउँपालिकाको विकासमा गाउँपालिका दिनरात लागि परेको बताए । आर्थिक वर्षको अन्त्यतिर डिल्ली गुरुङ चोक–खेल मैदान जोड्ने सडक र निर्माणधीन जलेश्वर मन्दिरलाई माग भएबमोजिम गाउँपालिकाको बैठकबाट रकम विनियोजन गरिएको बताए । 

स्वर्गीय बुबा चन्द्रप्रसाद लिम्बू र आमा बुकुलमाया लिम्बूको नाममा छोराहरु कृष्ण, टीकाराम र सुनिल लिम्बू र छोरीहरु पुष्पा पंधाक, कमला र दिलमाया लिम्बुको संयुक्त लगानीमा क्लबको एक कोठे भवन निर्माण गरेका थिए । स्वर्गीय चन्द्रप्रसाद लिम्बू २०५४ सालमा नेकपा एमालेबाट साविक वयरवन गाविस वडा नं.६ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।