धरान । कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डस्थित पानीपिया जङ्गल नजिकै शनिबार बिहान ११ बजेतिर बसको ठक्करबाट एकै घरका दुईजनाको ज्यान गएको छ ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को.२२ प २१२५ नम्बरको स्कुटर र इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बसबीच ठक्कर खाएको थियो । ठक्करको क्रममा झापा बिर्तामोड नगरपालिका ५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
उनका अनुसार घाइते दुबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा करिब एक घण्टापछि निधन भएको हो ।