धरान/सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा ईश्वर ताम्राकार चयन भएका छन् । 

२३औँ पदस्थापन तथा शपथ ग्रहण गरिएको छ । धरानमा शुक्रबार सम्पन्न कार्यक्रममा समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०२४–२५ का अध्यक्ष गौरवमान श्रेष्ठले स्वागत गरे । सचिव अतुल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । वर्ष २०२५/२६ का लागि अध्यक्ष ताम्राकारसहित आइपिपी गौरवमान श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट अलङ्कार पलिखे, भाइस प्रेसिडेन्टहरू रोहन हाडा, नवीन तामाङ, सचिव मुकेश अग्रवाल, कोषाध्यक्ष राम राजभण्डारी, जोइन्ट सचिव प्रतीक श्रेष्ठ, जोइन्ट कोषाध्यक्ष शैलेश आचार्य चयन भए ।

क्लबका पूर्व अध्यक्ष प्राध्यापक डा.सुधा अग्रवाल र उद्योगी पवन अग्रवाललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।