धरान । दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रम दलित समुदायमा हितमा काम गर्ने मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको हो । उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए ।
कार्यक्रममा अन्तरजातीय विवाह गर्ने करिव १० जोडीहरु सम्मानीत भएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनबहादुर विश्वकर्मा र निरु पौडेल, बिनोद दर्नाल र पवित्रा श्रेष्ठ, टङ्कबहादुर विश्वकर्मा र शारदा मास्के, गोबिन्द विक र पुर्णकला राई, धर्मराज परियार र गौरी श्रेष्ठ, जयन्ती लिम्बू र बमबहादुर विक, राम कुमार दास र आशा लिम्बू सम्मानीत भएका छन् । उनीहरुलाई सम्मानपत्र र दोसल्ला आडाएर सम्मान गरिएको विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिए ।