ताप्लेजुङ। दाउरा काट्न रुख ढाल्ने क्रममा रुखले किचेर सोमबार ताप्लेजुङमा एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मिक्वाखोला गाउँपालिका वडा नं. १ खोक्लिङ बेंसीगाउँका २९ वर्षीय मनकुमार तामाङ रहेका छन् । तामाङ स्थानीय कात्तिके सातपाखे सामुदायिक जङ्गलमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा बिहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीको बताएको छ ।