धरान । विजयपुर हस्पिटलका सञ्चालक प्रभाव खतिवडा नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलस्रोत विज्ञमा नियुक्त भएका छन् ।
उनी सुनसरी उद्योग वाणिज्य संघका कार्य समिति सदस्य पनि हुन् । त्यस्तै यामाहा मोटरसाइकलको धरानका सञ्चालक पनि हुन् । उनलाई प्रतिष्ठानका प्रमुख एवम् नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले नियुक्त गरेका हुन् ।
धरान १४ निवासी खतिवडालाई नेपाली कांग्रेसको विधान २०१७ को (संसोधन) को ३६ (१) को ङअनुसार नियुक्त गरिएको हो । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सदस्य समेत रहेका छन् ।