धरान । नेपाल प्रेस युनियन सुनसरीले भर्चुअल बैठक बस्दै मंगलबार कार्य समितिलाई पूर्णता दिइएको छ ।
रिक्त रहेका पदहरुमा मनोनित गरिएको युनियनका जिल्ला सभापति पवन अधिकारीले जानकारी दिए । उनका अनुसार महिला उपाध्यक्षमा मेनुका पाण्डे बस्नेत, सचिवमा विवेक भट्टराईलाई नियुक्त गरिएको छ ।
त्यस्तै, युनियन इटहरी संयोजकमा विनय बाह्रकोटी, सह–संयोजकमा खेमराज सापकोटालाई नियुक्त गरिएको छ । इटहरी संयोजक धु्रव ढकाल पत्रकार महासंघको सचिवमा निर्वाचित भएसँगै खाली रहेको रिक्त पदमा बाह्रकोटीलाई नियुक्त गरिएको हो ।
यस्तै, रामधुनी नगर संयोजकमा विनोद आचार्यलाई नियुक्त गरिएको छ । पत्रकार महासंघका प्रदेश १ अध्यक्ष एवम् प्रेस युनियनका प्रदेश संयोजक लीलाबल्लव घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाललगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिबाट उक्त निर्णय गरिएको हो ।