सुनसरी र झापाका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा  ३ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाइते भएकाे छ । 

 सुनसरीको बराहक्षेत्र नगरपालिका ९ मा शनिबार को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बिक घाइते भएका थिए । घाइते बिककाे उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, झापाको गौरादह नगरपालिका १ मा शनिबार पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किदा मोटरसाईकल चालक स्थानीय ३६ वर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

त्यसैगरी झापाकाे अर्जुनधारा नगरपालिका ६ स्थित भित्रि सडक खण्डमा पिकअपको ठक्करबाट १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । शनिबार बिहान साढे पाँच बजे प्रदेश १-०१-००१ च ९१०७ नम्बरकाे पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा पैदल यात्री अर्जुनधारा ६ का ५३ बर्षीय कृष्ण निरौलाको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ । कार्यालयका अनुसार 

दुर्घटनामा घाईते भएका बिर्तामोड नगरपालिका ५ का ४५ वर्षीय अर्जुन उप्रेतीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र सहचालकलाई कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।