Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो

अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो

alt
  • असोज १७, २०८०
  • ब्लाष्ट खबर

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ। कुनै पनि हालतमा राजीनामा नदिने भन्दै आएका म्याककार्थीका लागि यसबाहेक कुनै विकल्प बाँकी थिएन। उनलाई निष्कासन गर्ने रिपब्लिकनहरू उनको पक्षमा थिएनन् भने डेमोक्र्याट सांसदहरू पनि उनलाई पदमा राखिरहन वार्ताका लागि तयार थिएनन्।

मङ्गलबार बेलुका सांसदहरूलाई उनले सभामुखका लागि फेरि उम्मेदवार नबन्ने बताएका छन्। रिपब्लिकनहरूको बहुमत रहेको तल्लो सदनलाई नेतृत्व गर्ने स्पष्ट उत्तराधिकारी नहुँदा अर्को चरण थप अन्योल भएको छ । रिपब्लिकनहरूले अर्को सभामुख चयन नगरुन्जेल सदनको कारबाही अर्को सातासमम्मका लागि स्थगित गरिएको छ । 

“मैले मतदानमा बहुमत गुमाएको हुन सक्छ तर यो कक्षबाट बाहिर निस्कँदा सभामुख पदको सेवा गर्न पाएकामा आफूलाई भाग्यमानी महसुस गरेको छु”, पत्रकार सम्मेलनमा म्याककार्थीले भने, “म केही पनि परिवर्तन गर्दिन ।”म्याककार्थीका मुख्य प्रतिद्वन्द्वी फ्लोरिडा राज्यका रिपब्लिकन सांसद म्याट गेट्जले सभामुख पद खाली गराउन दुर्लभ मतदानको व्यवस्था गरे र नाटकीयरूपमा दिउँसो त्यसलाई अगाडि बढाएका थिए । गत जनवरीमा रिपब्लिकनहरूको झिनो बहुमतमा म्याककार्थी सभामुख बनेका थिए ।

त्यतिबेला उनलाई सभामुख बन्न रोक्न खोज्ने आठ जना कट्टर दक्षिणपन्थी रिपब्लिकनहरूले यस पटक अनिवार्यरूपमा सभामुखबाट हटाए । बैठकको अध्यक्षता गरेका अधिकारीले म्याककार्थीका पक्षमा दुई सय १० र विपक्षमा दुई सय १६ मत आएको भन्दै सभामुख पद रिक्त भएका घोषणा गरेका थिए ।

त्यसको केही समयमा म्याककार्थीका शीर्ष सहयोगी रिपब्लिकन सदस्य प्याट्रिक म्याकहेनरी आर एन सीलाई सदनको नियमानुसार अर्को सभामुख चयन नभएसम्मका लागि काम गर्न नियुक्त गरियो ।  

यो पनि - कहिलेसम्म कुर्सीको खेलमा लाग्ने? गम्भीर भएर सोचौं– उद्धव थापा यो पनि - आचार्य श्रीनिवासको रिहाइको माग गर्दै जनकपुरमा आन्दोलन यो पनि - कमजोर सम्भावनाका बीच शनिबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने यो पनि - पार्टीभित्रका मधुकैटवले दिनु दुःख दिए, अहिले कांग्रेसको पाउमा पुगेः ओली यो पनि - विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान यो पनि - यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते यो पनि - दिक्तेलमा मुन्दुम अन्तरराष्ट्रिय चित्रकला यो पनि - जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति यो पनि - सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिक भेट यो पनि - विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
सम्बन्धित समाचार
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप

इटहरी । सुनसरीका केही स्थानमा मात्र देखापरेको लम्पी स्किन सङ्क्रमण पछिल्लो ...

सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु

राजविराज । सप्तरीको रूपनी गाउँपालिका–२ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर् ...

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको लहान–३ अस्पताल चोकबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप
सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
आजको राशिफलः २०८२ साल साउन ११ गते आइतबार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
आजको राशिफलः २०८२ साल साउन ८ गते बिहीबार
कोशी प्रदेशमा एक बर्षमा झण्डै २७ हजार केजी गाँजा बरामद
धरान–चतरा खण्डको दुई खोलाका पुल सुचारु
रोटरी क्लबको पदस्थापन सम्पन्न
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
महानगरको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved