श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १२ गते सोमबार, २६ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि ११ः २२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र भरणी ०७ः४४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।      
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मान–सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साथ दिनेहरू बढ्नेछन्। नयाँ काम थाल्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा नयाँ काम फेला पर्नेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठा कमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कामको दायित्व बढ्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। पेसामा प्रशस्त फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा अभिभावकको सहयोग प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर रहनाले समयमा काम गर्न नसकिएला। बाध्यतापूर्ण काममै समय बित्न सक्छ।