श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १३ गते मङ्गलबार, २७ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको औंसी  तिथि ०८ः५९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र कृतिका ०६ः०८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष,  सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।       
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रशंसकहरू बढ्नेछन् । शुभचिन्तकहरूको साथ पाइनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यवहारमा संयम रहनुपर्ला।व्यवसायमा लगानी बढाउनु पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले हौसला जगाउनेछ।  नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको सम्पर्कबाट टाढिनुपर्ला। गलत निर्णयले क्षति पु¥याउने समय रहेकाले सजग रहनुहोला।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि लाभांश अरूका लागि खर्चनुपर्ने हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। छोरो दूरीको यात्रा हुनेछ ।