श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २८ गते बुधबार, ११ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि १२ः४६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र ज्येष्ठा २०ः१७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तत्काल सम्पादन नभए पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गरे विश्वास नलागेको कामसमेत बन्नसक्छ।  परिवारजनलाई बढी समय दिनुपर्ला।