-
Home
-
पूर्व
-
मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
- असोज २३, २०७३
- ब्लाष्ट खबर
धरान/सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोला छेउ अाइतबार बिहान माेटसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
राति र र बिहान अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।