Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • इलामका आठ गाविसमा सफाई कार्यक्रम सुरु

इलामका आठ गाविसमा सफाई कार्यक्रम सुरु

  • असोज २८, २०७३
  • ब्लाष्ट खबर

इलाम/यहाँका आठवटा गाविसमा पूर्णसरसफाइ कार्यक्रम सुरु भएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) मार्फत सुनगाभा विकास संस्थाद्वारा जिल्लाका नयाँबजार, प्याङ, इरौँटार, चमैता, जीतपुर, फाकफोक, इभाङ र साकफारा गाविसमा पूर्ण सरसफाइ कार्यक्रम प्रारम्भ भएको हो । पहिलो चरणमा ती गाविसमा बनाइएको कार्ययोजनामा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति (भिवाससिसी) काे पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै समिति गठन, विद्यालयमा शिक्षक विद्यार्थीको सरसफाइ समिति गठन गरिएको सुनगाभा विकास संस्थाले जनाएको छ । एकवर्षभित्रमा यी आठवटा गाविसलाई पूर्णसरसफाइयुक्त गाविस घोषणा गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएकोे कार्यक्रमका सरसफाइ अधिकृत दीपेन्द्र खनालले बताए । समिति गठन भइसकेकाले अब सबै समितिका पदाधिकारीलाई पूर्णसरसफाइका बारेका प्रशिक्षण दिने र यसकालागि वातावरणीय सरसफाइसहित घरायसी सफाइअन्तर्गतका सातवटा सूचकका बारेमा जानकारी गराइन्छ । अधिकृत खनालका अनुसार घरायसी सूचकमा शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ पानीको प्रयोग, सफा खाना, घर आँगन सरसफाइ, व्यक्तिगत सरसफाइ र गाई गोठको व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण पाएका समितिका पदाधिकारीले आफ्नो गाउँघरका सम्पूर्ण गाउँवासी एवम् विद्यालयमा पूर्णसरसफाइको बारेमा जानकारी गराउने र सचेतना फैलाउने बताइएको छ । यसैगरी कार्यक्रम सञ्चालन भएका ती गाविसमा सुनगाभाले दुई/दुईजनाको दरले सरसफाइ उत्प्रेरक पठाइसकेको छ । उनीहरूले गाविसको रणनीति बनाउन समिति गठन गर्नेछन् । सो कार्यक्रम सञ्चालनका लागि फनबोर्डले रु ६० लाख बजेट विनियोजन गरेको छ । आठवटा गाविसमा कार्यक्रम सञ्चालन गर्न रु एक लाख ५० हजारको दरले वितरण गर्ने तयारीमा रहेको सरसफाइ अधिकृत खनालले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि १८ जना कर्मचारी खटिएका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई पूर्णसरसफाइयुक्त देश घोषणा गर्ने तयारीमा रहेपनि जिविसले भने सन् २०२५ भित्रमै यस जिल्लालाई पूर्णसरसफाइयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको छ । आठवटा गाविसलाई नै कार्यक्षेत्र बनाएर काम गर्दै आएकाले अहिले पनि पूर्ण सरसफाइको कार्यक्रम पनि आठ गाविसमै सञ्चालन गरेको संस्थाले जनाएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणापछि पूर्णसरसफाइ कार्यक्रम सुरु गरिएको हो । रासस

सम्बन्धित समाचार
ट्रान्सफर्मर चोरीमा संलग्न दुई पक्राउ

धरान । ट्रान्सफर्मर चोरीको घटनामा प्रहरीले धमाधम मानिसहरूलाई पक्राउ गर्न था ...

सुनचाँदी पसलको आवरणमा ठगी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी ...

महानगरका माछामासु पसलको अनुगमन

मोरङ । मापदण्डविपरीत माछामासु व्यवसाय सञ्चालन गरेको गुनासो आएपछि विराटनगर म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ट्रान्सफर्मर चोरीमा संलग्न दुई पक्राउ
सुनचाँदी पसलको आवरणमा ठगी
महानगरका माछामासु पसलको अनुगमन
सीमा बैठकः नागरिकको समस्या एजेण्डा बन्नु पर्दछ
आजको राशिफलः २०८२ साल साउन १६ गते शुक्रबार
लम्पी स्किन रोगको सङ्क्रमणः कोशी प्रदेशका १० जिल्लामा ५ सय ५५ पशुको मृत्यु
झोलुङ्गे पुलको भुक्तानी गर्न नगरपालिकालाई सकस
सिरहामा वृद्धको हत्या
कुम्मायकको प्रहरी बिट गायब
क्यान्सर रोगीले बीपीमा पाउँदैनन् बेड
खडेरीको समस्यालाई दीर्घकालीन समाधान गर
आजको राशिफलः २०८२ साल साउन १५ गते बिहीबार
हुलाकी सडकः ६ वर्षमा २७ प्रतिशत काम
खडेरीको महासङ्कटमा मधेश प्रदेश
युमा साम्योलाई एकठाउँमा ल्याउने पहल फेरि पनि निरर्थक
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved