धरान/अमेरिकी राष्ट्रपतीय चुनावमा यो समाचार तयार पार्दासम्मको नतिजा रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्पको पक्षमा मत गएको छ । america न्युयोर्क टाइम्सका अनुसार डेमोक्रयाटिककी हिलारी क्लिन्टनको पक्षमा १७५ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् भने डोनाल्ड १८७ इलेक्टोरल राज्यमा जीत हात पारिसकेका छन् । बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ । मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले आफ्नो पकड क्षेत्रको मत ल्याएको बताएको छ । हिलारीको पक्षमा ३ करोड ८६ लाख १८ हजार ११ मत अर्थात् ४६ दशमलव ५ प्रतिशत मत प्राप्त गरेकी छन् भने डोनाल्डले ४ करोड १० लाख ७५ हजार १ सय ७७ अर्थात् ४९ दशमलव २ प्रतिशत मत ल्याइसकेका छन् । मतगणना जारी छ ।