श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३० गते सोमबार, १४ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको चतुर्थी तिथि २३ः४८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र धनिष्ठा ०७ः३७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१८ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुनेछ । कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष उपहार प्राप्त हुने समय छ। टाढाका आफन्त नजिकिनेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिले आलश्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।