Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • नदी तर्न नसक्दा विद्यालय छाड्दै

नदी तर्न नसक्दा विद्यालय छाड्दै

  • कार्तिक ३०, २०७३
  • ब्लाष्ट खबर

कञ्चनपुर/दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् । विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् । जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएकाहरु बताउँछन । “वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,” उनले भने । नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् । जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताए । “दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,” उनले भने । रासस

सम्बन्धित समाचार
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला

धरान। बराहक्षेत्र नगरपालिका–१ चतराघाटस्थित दूधपानी खोलामा बगेर बेपत्ता भएकी ...

विराटनगरको राधाकृष्ण रथयात्रा आज: ड्रोनबाट निगरानी, उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिने

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट आज (आइतबार) विराटनगरमा निकालिने ऐतिह ...

ग्रामीण विकास लघुवित्तको एघारौं वार्षिकोत्सव, उत्कृष्ट ३८ महिला ऋणी सम्मानित

विराटनगर ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालन तथा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला
विराटनगरको राधाकृष्ण रथयात्रा आज: ड्रोनबाट निगरानी, उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिने
ग्रामीण विकास लघुवित्तको एघारौं वार्षिकोत्सव, उत्कृष्ट ३८ महिला ऋणी सम्मानित
कोरा राइड च्यालेन्ज सम्पन्न
रवि लामिछानेलाई नख्खु कारागार सारियो
सामाजिक क्लिनिकबाट ४७ जना लाभान्वित
आजको राशिफलः २०८२ साल भदौ १ गते आइतबार
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा
१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो
आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन
अरबमा बन्धक बनाई नेपालमा ठगी
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved