Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • चिकित्सक नहुँदा बिरामीले दुःख पाए

चिकित्सक नहुँदा बिरामीले दुःख पाए

  • मंसिर २२, २०७३
  • ब्लाष्ट खबर

गाईघाट (उदयपुर)/जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् । दुई महिनाअघि मात्र प्रसूति सेवासम्बन्धी एक चिकित्सक अमितकुमार ठाकुरको करार सेवाको समय अवधि सकिएर ठाकुर राजधानी काठमाडाँैतिर गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसम्बन्धी चिकित्सकको अभाव भएको अस्पतालका कर्मचारीले बताएका छन् । डाक्टरको अभाव भएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवाका लागि आउने दैनिक २० भन्दा बढी बिरामी बाध्य भएर जिल्लाबाहिर सेवाका लागि जानु परेको अस्पतालका कर्मचारीले बताए । त्रियुगा नगरपालिका–७ का रमणदेव चौधरी भन्छन्, “आफूले आफ्नो श्रीमतीको गर्भ बसेको अवस्थादेखि नै जिल्ला अस्पतालमा लगेर डाक्टरसँग जँचाउने गरेको थिएँ, तर दुई महिनादेखि डाक्टर नभएपछि आफूले श्रीमती धरानको बिपी मेमोरियल अस्पतालमा लगेर प्रसूति गराउन बाध्य भएँ ।” यस्तै, जिल्लाको साउने खाँबु–६ का खम्बबहादुर मगरको पनि यस्तै गुनासो छ, । मगर भन्छन्, “आफ्नो बुहारीलाई प्रसूति सेवाका लागि जिल्ला अस्पतालमा लगे पनि चिकित्सक नहुँदा बाध्य भएर बिसौँ हजार खर्च गरेर एम्बुलेन्समा पूर्वाञ्चलको कोसी अस्पताल विराटनगर लगेर शल्यक्रिया सहितको उपचार हुन पुग्यो ।” अहिले जिल्ला अस्पताल उदयपुरमा चिकित्सकका अभावमा प्रसूति सेवाका शल्यक्रिया सहितको प्रसूति सेवा हुन नसकेपछि जिल्लाका धेरै प्रसूतिका बिरामी भने जिल्लाबाहिर जान बाध्य हुनुपरेको गुनासो व्यापक बढ्दै जान थालेको छ । यस विषयमा जिल्ला अस्पताल उदयपुरका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीसँग सम्पर्क गर्दा करारको चिकित्सकको समय अवधि सकिएर अन्यत्र गएपछि अहिले अस्पतालमा समस्या आएको कुरा बताएका छन् । अर्का प्रसूतिसम्बन्धी चिकित्सकको व्यवस्थापन गर्न पहल भइरहेको खत्रीले बताए । तर अस्पतालजस्तो संस्थामा चिकित्सक नहुनु र दैनिकरुपमा प्रसूति सेवा लिन आउने बिरामी चिकित्सक नहुँदा दशौँ हजार खर्च गरेर जिल्लाबाहिर जान बाध्य हुनुपर्ने अवस्थाले जिल्लावासीले समस्या भोग्नुपरेको उदयपुरवासी बताउँछन् ।

सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved