accidentकाठमाडौं / राजधानीबाट विद्यार्थी लिएर पिकनिक गएको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डाै  शनिबार बिहान ललितपुरको क्यारेबियन कलेजका विद्यार्थी लिएर बिकनिक गएको बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँमा दुर्घटना हुदा एककाे मृत्यु भएको छ । दुर्घटनामा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय युवराज केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार कलेजबाटै रमाइलो गर्न हिडेका विद्यार्थी सवार बसका चालकसहित २१ जना घाइते भएका छन् । घाइते विद्यार्थी र चालकको राजधानीका विभिन्न अस्पतालमा उपचार भइराखेको छ । तीनजना बोल्न नसक्ने गरी गम्भीर घाइते भएका छन् ।

घाइते २१ जनामध्ये नौ जनाको फर्पिङमा उपचार भइराखेको छ । गम्भीर घाइते तीन जनाको ट्रमा सेन्टरमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय फर्पिङका हबल्दार सुरेस पट्टेलका अनुसार अन्य नौ जना घाइतेको भने मनमोहन अस्पतालमा उपचार भइराखेको छ ।

फर्पिङ प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस सडकबाट करिब एक सय फिट तल खसेको छ ।