melmelapइलाम/सबैका लागि न्याय पुर्याउने उद्देश्यले सञ्चालन भएको हुकुडनको आयोजना तथा मानव अधिकार शान्ति सञ्जाल समूह प्यागको सहकार्यमा जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम इलाममा सम्पन्न भएको छ ।सन् २०१५ बाट सुरु भएको इलम जिल्लाका चार वटा गाविसहरुमा मेलमिलाप अभिवृद्धि गर्न र घरेलु हिंसा न्युनिकरण गर्दै आएको हुकुडन इलामले गजुरमरखी,लुम्दे,माईमझुवा र माबु गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला स्तरसम्म आउन नसक्ने मुद्धाहरुलाई गाँउमा नै मिलाउने र न्यायमा पहुँच बढाउनका निमित्त चार गाविसहरुमा मेलमिलापसम्बन्धी विभिन्न तालिम तथा सचेतना अभियान सञ्चालन भएको हो ।

दुई वर्ष अगाडिबाट सञ्चालन भएको कार्यक्रम अशिक्षा,अज्ञानता गरिवी तथा पिछडिएको समूहलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रमका सयोंजक भरत अधिकारीले बताए । अधिकारीले इलाम जिल्लाका चार गाविसहरुमा मात्र कार्यक्रम छनौट गर्नुको कारण जिल्ला स्तरसम्म त्यस क्षेत्रका जनता आउन नसक्नु साथै जिल्लाभरको अध्ययन गर्दा यी चार गाविसमा बढि मात्रामा हिंसा रहेको बताए ।

जनताका समस्याहरुलाई मध्यनजर गरि न्यायमा पहुँच अभिवृद्धि गर्न,स्थानिय स्तरमै मेलमिलाप गर्न,२०१७ सम्ममा सबैको घरदैलोमा न्यायलाई अभिमुखिकरण गर्न कार्यक्रमले थप प्रभावकारी बनाउने उनको भनाई छ । जिल्ला अदालत र उच्च सरकारी वकिल,महिला तथा बालबालिका कार्यलयसगँ समन्वय गरेर गाउँगाउँ स्तरमा न्यायधिस पुर्याई न्यायमा पहुँच विस्तार गर्ने अभियान रहेको बताए । कार्यक्रममा सहभागी महिला जागरण संघकी अधयक्ष विष्ण्ुा दाहालले घरेलर हिसांका घटना दिनदिनै बढेकाले यसलाई रोक्न यस कार्यक्रमले थप सहयोग गरेको र पिडिँतका पक्षमा मुद्धा लड्न पनि यसले सहयोग गुग्ने उनको भनाई छ ।

त्यस्तै घरेलु तथा विभिन्न हिसांका घटनालाई निर्मूल पार्नका निमित्त समन्वय गर्ने यस्ता संस्थाहरु धेरै भएतापनि समस्या जहाँको त्यही रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । समाजमा रहेका विभिन्न घटनालाई अदालत,कानुन समक्ष आउन नसक्नुको कारण विपन्न,गरिवी मानिसहरुको चेतनामा विस्तार नभएको र साक्षी तथा प्रमाणमा सम्बन्धित व्यक्तिहरुले अनावश्क होहल्लाको भरमा समस्याहरु गाउँमा नै लुकिरहेकाले ग्रामिण क्षेत्रका पिडिँतहरुले न्याय नपाएका छलफलमा सहभागीहरुले बताएका थिए । यस्तै ग्रामिण भेगबाट आउने सरकारवादी मुद्धाहरुमा पिडित जिल्लासम्म आउन नसकेको र यस्ता कार्यक्रम जनताको घरदैलोसम्म पुग्दा पिडिँतले केही राहत पाउने हुनाले गाउँगाँउसम्म यस्तो कार्यक्रम पुग्नु न्यायमा पहुँच पुग्ने उच्च सरकारी वकिल इलामकी सहन्यायवक्ता निर्मला योङ्हाङ्गले बताइन् ।

न्यायमा पहुँच कार्यक्रम ग्रमिण क्षेत्रमा प्रभावित भएको भन्दै सहायक जिल्ला प्रमुख सुजन फागोले सरकारको निकायमा रहेको र नेपाल प्रहरि,सुरक्षा निकायमा पनि यस्ता कार्यक्रमले आर्थिक रुपमा नै सहयोग पुर्याउने भएकाले गैरसरकारी निकायलाई जिल्ला प्रशासन कार्यलयबाट पनि सहयोग हुने बताए ।समाजमा अन्यायको महसुुस धेरै मात्रामा भएतापनि न्यायको समाधान नभएको गरिवी,अशिक्षा,अकानुनी अन्याय,सामाजिक अन्याय दिनादिन वृद्धि भइरहेको अवस्थामा यसलाई छुट्याउन र मिलाउन गाह्रो भएको छ । अदालतमा एउटा र अदालत बाहिर अर्को कुरा भएकाले अदालत भन्दा बाहिर सामाजिक न्यायबाट समाधान गर्न दोधार रहेको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अदालत इलामका न्यायधिस नवराज दाहालले बताए ।

उनले घरेलर हिसां बढ्नुको कारण समाजमा तल्लो र माथिल्लो निकायबाट कठिनाई रहेको र न्यायमा पहुँच पुग्न नसकेको बताए । अदालतका मुद्धाका सम्बन्धमा शुल्क लाग्ने डर अनावश्यक भ्रमले पिडिँत आउन नसकेको बताएका थिए । जिल्ला सम्म आउने वातावरण सम्बन्धित निकायद्धारा हुने भए वैचारिक वकिलको व्यवस्था गरि मुद्धा फैसला हुन कुनै समस्या नहुने बताए ।

प्रमाण योग्य घटनाको विवरण आए न्यायमा सबैको पहुँच पुग्ने उनको भनाई छ । वार्षिक रुपमा केकस्तो रुपमा न्यायमा पहुँच रहने,मुद्धाका विषयमा अनावश्यक खर्च,सम्पन्न र विपन्नबीचको दुरी अन्त्य गर्ने र न्यायमा समान पहुँच गर्ने यस कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका अध्यक्ष तथा प्याग नेपालका उपाध्यक्ष सटेन्द्र जबेगूले जानकारी गराए ।