10-1423551754-rape-victimमहेन्द्रनगर / आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ ।

उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको खुलासा गरेकी हुन् । बुधबार पीडित महिलाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस क्षेन नम्बर १ का क्षेत्रिय सचिव समेत रहेका महाकाली सिँचाई केन्द्रीय जलउपभोक्ता समितिका उपाध्यक्षसमेत रहेका ससुरा भानुभक्त भट्टले विगत तिन बर्षदेखि लगातार यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

पत्रकार सम्मेलनमा पीडित महिलाले भनिन् ‘मेरो श्रीमान बिवाह भएपछि पढ्न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको बताईन् । घर बिग्रन्छ भनेर कसैलाई पनि आफुले डरले नभनेको बताउदै उनले श्रीमानले समेत थाहा पाएपछि आफुलाई नराम्रो व्यवहार गरेको उनको दुखेसो छ । ‘मेरो ससुराले घर भन्दा यो कुरा बाहिर भनेपछि मारिदिने धक्की दिन्थ्यो ।’ उनले भनिन् ‘त्यसैले मैले बदनाम र डरले कसैसंग भनेन् ।’

आफ्नो बिवाह पनि सुसुराकै कारणले भएको उनको भनाई छ । ‘मेरो बिवाह हुनुभन्दा पहिले ससुराले मलाई देखेको थियो ।’ उनले भनिन् ‘तिम्री राम्री छौँ, मेरो छोरो संग बिवाह गर्नुपर्छ भन्दै मेरो पछिपछि लाग्यो ।’ अन्तत ससुराले मलाई जहाँ देख्दा पनि पैशा दिने कपडा किनिदिने भएपछि मेरो मन पनि पग्लिएको उनको भनाई छ । घरमै आएर विस २०७१ असार ६ गते बिबाह भएपछि मात्रै श्रीमानलाई आफुले देखेको उनले बताईन् ।

घरबार बिग्रन्छ भनेर आफुले तीन बर्षसम्म अपराध सहेर बसेको उनको स्र्वीकार छ । ससुराले आफुमाथी यस्तो गर्दा आफु भागेर माईती घर आउने गरेको बताउदै पुनः माईतीले घर पुर्याईदिने काम गरेको बताईन् । सासुले समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा पनि त मेरो बुहारी होईन् सौता पो भईसकेकी रहेछौँ भन्दै हिंसा गरेको उनको आरोप छ । श्रीमानलेसमेत आफुलाई नराम्रो व्यवहार गरेको बताउदै आफ्नो बिवाह श्रीमानको इच्छा भन्दा पनि ससुराको कुविचारका कारण भएको उनको ठहर छ । मेरो बिवाह भएपछि घरमा एक केटी आएर यो मेरो श्रीमान हो, मेरो यो संग अघि नै विवाह भईसक्यो भन्दै घरमा झगडा समेत भएको बताउदै उक्त केटीलाई पैशा दिएर मिलाएको उनले बताईन् ।

आफ्नो मागी बिवाह भए पनि घरपरिवारले विवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । पत्रकार सम्मेलनमा पीडित महिलाका दाईले बहिनी लगातार घरबाट माईतीमा आउने गरेको बताउदै, किन आएको भन्दा घरमा श्रीमान छैन् त्यसैले आएको भन्ने गरेको बताए ।

उनका अनुसार गत मंसिर १० गते ससुराले घटना पुनः दोहो¥याएपछी गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए ।

प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । ‘प्रहरीले आरोपितलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।’ प्रहरी प्रवक्ता कार्कीले भने ‘अनुसन्धान भईरहेको छ ।’