Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • निर्वाचनको वातावरण बनाउन राष्ट्रपतिको सुझाव

निर्वाचनको वातावरण बनाउन राष्ट्रपतिको सुझाव

  • पुस २२, २०७३
  • ब्लाष्ट खबर

Bidya Bhandariकाठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छिन ।

राष्ट्रपति कार्यालयमा हिजाे साँझ भएको भेटमा राष्ट्रपतिले संविधान संशोधन, निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गर्नुभएकोे राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै सबैलाई समेटेर त्यसको तयारी गर्न दलहरुलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले बताए । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीका अनुसार भेटको सुरुमै राष्ट्रपतिले निर्वाचनको वातावरण नबनेको भन्दै वातावरण बनाउन सरकार र प्रतिपक्षी दलको ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरुद्ध हुँदा संविधान संशोधन विधेयक र निर्वाचन विधेयक अलपत्र पर्दा निर्वाचनको विषय ओझेलमा परेको स्पष्ट पार्दै सोमबारका लागि डाकिएको संसद् सञ्चालन भए निर्वाचन घोषणा गर्न सरकार तयार रहेको जानकारी गराएका थिए। प्रधानमन्त्रीले सरकार जेठमा निर्वाचन गर्ने तयारीमा रहेको बैठकमा जानकारी गराएकाे नेता चौधरीले बताए । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् खुलाउनुपर्ने बताएका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन विधेयक अगाडि बढाए संसद् सञ्चालन गर्न आफ्नो दल तयार रहेको धारणा राखेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शिराबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखे । बैठकमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाएर जानुपर्ने आफ्नो पार्टीको प्रस्ताव कार्यान्वयनमा ल्याए समस्या समाधान हुने बताएकाे नेता चौधरीले जानकारी दिए । रासस
सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved