Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • सल्लाको वनमा अनधिकृत फँडानी

सल्लाको वनमा अनधिकृत फँडानी

alt
  • माघ १५, २०७३
  • ब्लाष्ट खबर

डोटी/ डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ । सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहिले वनमा छरपस्ट रुपमा काठका गोलिया भेटिन्छन् । काठ कटानी चल्दै गर्दा स–साना बोटबिरुवामा पनि ठूलो मात्रामा क्षति पुगिरहेको छ । काटिएकामा काँचा रुख पनि समावेश छन् । कटानीका क्रममा वैधानिक मापदण्डको समेत उल्लङ्घन गरिएको छ । ती सामुदायिक वनमा पुरानो अनुमतिका आधारमा काठ कटानी चलिरहेको बुझिएको छ । निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहेको उपभोक्ताले स्वीकार गरेका छन् । ती चार वटा सामुदायिक वनसहित इलाका वन कार्यालय जोरायलले गत आवको वैशाखमा घन्टेश्वर र छतिवन गाविसका ११ वटा सामुदायिक वनलाई सल्लाको काठको कटानी सहमति प्रदान गरेको थियो । सोही सहमतिका आधारमा एक महिनाभित्र सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो । सोही अनुसार इलाका वन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको ‘कटान रजिस्टर’ पेस भएको छ । ती चार सामुदायिक वनले अनुमति मुताबिक काठ नकाटिसकेको बताएका छन् । मालिका सामुदायिक वनका अध्यक्ष हर्कबहादुर रावलले जेठ १५ गतेसम्ममा आफूले सहमतिमा पाएको चार हजार १६७ दशमलव ०५ क्युफिट काठमध्ये दुई हजार १०० क्युफिट काठ मात्रै काट्न सकिएको बताए । बाँकी काठ अहिले काटिएको उहाँले स्वीकार गरे । बाँकी तीन सामुदायिक वनको अवस्था पनि त्यस्तै छ । तर, ‘सामुदायिक वनको काठ÷दाउरा सङ्कलन तथा बिक्री वितरण निर्देशिका २०७१’ मा तोकिएको समयमा काठ काट्न नसकिए सहमति प्रदान गर्ने वनको निकायमा थप समय माग गर्नुपर्ने व्यवस्था छ । तर, इलाका वन कार्यालय जोरायल र जिल्ला वन कार्यालय डोटीले भने चालु आवमा कुनै पनि थप समय वा सहमति प्रदान नगरेको जनाएको छ । यस अर्थमा नयाँ भइरहेको कटान प्रक्रिया अवैधानिक देखिन्छ । मालिका सामुदायिक वनका अध्यक्ष रावलले भने मौखिक रुपमा वन कर्मचारीसँग अनुमति मागिएको बताउनुभयो । उनले भने, “वनपाले नरबहादुर साहुलाई फोनमार्फत कुरा गर्दा काट्दा केही फरक नपर्ने भन्नुभएको थियो ।” सिद्धबाबाका अध्यक्ष रोकामगरले आफूले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताए । उनले भने, “पहिलेको सहमति छँदैथियो । त्यसैअनुसार काटेका हौँ ।” इलाका वन कार्यालय जोरायलका इन्चार्ज सच्चिदानन्द सिंहले काटिएको काठ सङ्कलनका लागि मौखिक जानकारी आएको तर, काठ काट्न थप समय कसैले नमागेको बताउछन् । “मौखिक रुपमा गत आवमा सहमति दिइएपछि काटिएको काठ घाटगद्दीसम्म पुर्याउनका लागि जानकारी आएको थियो । त्यसका लागि कुनै व्यवस्था थिएन । मौखिक रुपमै सहमति दियौँ,” उनले भने, “मलाई जानकारीमा आएअनुसार उतिबेलाको सहमतिअनुसारको काठ उतिबेलै काटिएको थियो । त्यो प्रतिवेदन अनुसार थप काट्ने समय आवश्यक नै थिएन ।” शुक्रबार जिल्ला वन अधिकृत कार्कीसहितको टोली फँडानी क्षेत्रतर्फ गएको छ । स्थलगत अध्ययनपछि दोषी भेटिएकालाई कारबाहीको दायरामा ल्याइने जिल्ला वन अधिकृत कार्कीले बताए ।

-रासस

सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved