Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै

  • माघ १६, २०७३
  • ब्लाष्ट खबर

कञ्चनपुर/ कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पुप्याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ । प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको उर्वराशक्ति घटाइ कृषि उत्पादनमा असर परेकोे कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । प्लास्टिकका कारण बिरुवाको जीवनचक्रमा असर पारी जरा फैलिन नदिई उत्पादनमा कमी आएको छ भन्दै उनले भने, “तथ्याङ्कगत विवरण कार्यालयसँग नभए पनि बजार क्षेत्र र त्यसका आसपासका क्षेत्रका ९० प्रतिशत जमिनमा प्लास्टिकजन्य पदार्थका कारण उर्वराशक्तिमा ह्रास आएको पाएका छौंँ ।” प्लास्टिकजन्य पदार्थले पु¥याउने हानीबारे सर्वसाधारणमा चेतानाको कमीले जथाभावी फालिदा जमिनमुनि माटोको चिसोपनलाई समेत घटाउने भएको अधिकृत जोशीले बताए । कृषिको उत्पादन ह्रास आउनुको मुख्य कारणमध्ये प्लास्टिक चुनौतीका रुपमा रहेको उल्लेख गर्नुहुँदै उनले यसबाट यहाँका किसानको उत्पादन दश प्रतिशतले घटेको छ भने । माटोमा हुने पोषकतत्वको प्रवाहलाई प्लास्टिकले रोक्नुका साथै सूर्यको किरणलाई भित्री सतहसम्म पुग्नबाट रोकी जमिनमा हुने प्राकृतिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यसमेत गर्दै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताए ।

बेदकोट नगरपालिका चम्फापुरका किसान जयप्रकास राना सडक छउकै खेत भएकाले प्लास्टिकका झोला व्यवस्थापन गर्न चुनौती थपिएको बताए । कृषिक्षेत्रसँगै प्लास्टिकका कारण मानवस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ । ‘प्लास्टिकजन्य पदार्थ ग्रामीण क्षेत्रका बासिन्दा दाउरा सल्काउनका लागि दैनिक प्रयोग गर्र्दै आएकाले उनीहरुको स्वास्थ्य निकै जोखिममा रहेको पाएका छौंँ जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले भने, “प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले क्यान्सरजस्तो रोगसँगै छालाका रोग निम्त्याउने खतरा छ ।” स्वास्थ्य चौकी र अस्पतालमा धेरै बिरामी छालाका हुने गरेका र तीमध्ये नसर्ने पेटभित्रको क्यान्सरका बिरामीसमेत फेला पर्ने गरेको अधिकृत जोशीले बताए । प्लास्टिका कारण गतवर्ष ढलको पानी थुुनिनेसँगै घरभित्रै वर्षाको पानी पसेर नोक्सानी पु¥याएको झलारी बजारका व्यवसायी शिवराज भट्टले बताए । जानकारका अनुसार प्लास्टिकजन्य पदार्थ पेट्रोलियम कच्चा पदार्थबाट बनाइने भएकाले यसमा पोलिमरसँगै विभिन्न किसिमका रङ्ग र रसायनिक पदार्थको प्रयोग गरिने भएकाले मानवस्वास्थ्यका लागि निकै घातक छ । जलवायु प्रदूषण, जैविक विविधतामा ह्रास ल्याउने कार्यसमेत प्लास्टिकले गर्दै आएको छ । हानिकारण प्लास्टिकको झोलाको प्रयोगको सट्टा जुट वा कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने झोलाको प्रयोग गरिनुपर्ने वन तथा वातावरणको क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीले बताए । प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८, वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा प्रदूषण गर्न नपाइने व्यवस्थासँगै फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले जथाभावी फोहर गर्न नपाइने तथा यस्तो कार्य गरेको पाइएमा सजायको व्यवस्था भए पनि ऐन नियम कार्यान्वयन नहँुदा प्लास्टिकको प्रयोग बढेको हो ।

-रासस

सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved