Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

alt
  • माघ २२, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् । नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ ग्रामीण क्षेत्रमा नजाने भएकाले दन्त सर्जनले क्लिनिक खोली सेवा दिन पाउनुपर्ने माग गरेका हुन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउने व्यवस्था सान्दर्भिक नभएको भन्दै उनीहरुले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । नेपालमा पाँच वर्ष दन्त विशेषज्ञ पढेका चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने दन्त सर्जन, सहायक दन्त सहायकको तीन वर्षको अध्ययन पूरा गरेका नेपाल स्वास्थ्य व्यवसायी परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा दर्ता भई काम गर्ने गरेका छन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउनुपर्ने व्यवस्था गरेको छ । शिक्षा मन्त्री धनीराम पौडेलले यो विषयमा आफू सकारात्मक भएको भन्दै सोही विषयमा जानकारी र सीप हासिल गरेकाहरुले पनि काम गर्ने उचित वातावरण पाउनुपर्ने बताए । उनले व्यावसायिक प्रमाणपत्रको सरकारले कदर गरी उनीहरुलाई पनि योग्यताअनुसारको सेवा गर्ने मौका दिइने बताए । सिटिइभिटीका निर्देशक महेश भट्टराईले सरकारले नै उत्पादन गरेको जनशक्तिलाई स्वीकार गरी सेवा गर्ने मौका दिनुपर्ने बताए । नेपाल डेन्टल साइन्स एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्लिनिक बन्द गरी क्षणिक चर्चा कमाउन खोजेको तर समस्या समाधान गर्न अपुरो नीतिलाई सच्याउन ध्यान नदिएको आरोप लगाए।

उनले सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गरी दन्त सर्जन र दन्त सहायकलाई पनि सम्बोधन गरिनुपर्ने बताए । नेपाल डेन्टल एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले दन्त सर्जनलाई दन्त विशेषज्ञको जिम्मेवारी दिनै नहुने बताए। उनले भने – “दन्त चिकित्सकले गर्ने काम दन्त सर्जन र दन्त सहायकले गर्छु भन्नु उचित होइन । सरकारले राजधानी बाहिर विशेषज्ञ पठाउन दरबन्दी सिर्जना गरी बाहिर जाने वातावरण बनाउनुपर्छ । तर विशेषज्ञ जाँदैनन्, त्यसैले दन्त सर्जनले सेवा दिन पाउनुपर्छ भन्ने भनाइ ठीक होइन ।’’

रासस

 
सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved