[caption id="attachment_44069" align="alignleft" width="431"]
फाेटाे रणधाेज लाेहारकाे फेसबुकबाट[/caption]
धरान/धरान र बराहक्षेत्रमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा एकको मृत्यु भएको छ भने एक घाइते बनेका छन् ।
बिहीबार राति को १९ प ३३०२ नम्बरको स्कुटी अनियन्त्रित भई बराह नगरपालिका–२ छाउरी खोलाको पुल मुनी खस्दा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा बराह १ का २५ वर्षीय रविन बिक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इनिस्पेक्टर इन्द्रप्रसाद सुवेदीले बताए ।
उनी स्कुटीमा राति धरानबाट बराहक्षेत्र तर्फ जाँदै गरेको बुझिएको छ । तर, घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको र उनको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
त्यस्तै शुक्रबार बिहान कोशी लोकमार्ग अन्तर्गत सेउती खोला नजिकै को ९ प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धरान–१६ का मानबहादुर राई घाइते बनेका छन् । उनको दुबै खुट्टामा चोट लागेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इनिस्पेक्टर सुवेदीले बताए ।