धरान / पूर्वपश्चिम राजमार्ग अन्तर्ग मोरङको बेलबारीमा पर्ने बेतना नजिकै आज विहान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा २ ख ७१८५नं. को ट्रिपर र विपरीत दिशाबाट आइरहको ना ५ ख ८८०१ नं. को यात्रुवाहक बस एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । दुर्घटनाममा त्रिचोचन ढुंगाना, अस्मिता ढुंगाना, दिलमाया ताम्ली, नोयो गुरुङ र मदन गुरुङ गम्भिर घाइते भइ धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् भने धरान–१५ का भिमबहादुर लिङ्देनको भने घटना स्थलमा नै मृत्यु भएको विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान प्रहरी पोष्ट धरानले जनाएको छ । अन्य घाइतेहरूकाे उपचार स्थानीय अस्पतालमा भइहरेकाे जनाइएकाे छ ।