धरान/ धरानको भानुचौकमा शनिबार अपह्न्न ‘बिभत्स’ दुर्घटना भएको छ ।
भानुचौकमा बाटो क्रश गर्दे गरेकी एक महिलालाई बसले ठक्कर दिएको छ । बसको ठक्करबाट गम्भिर घाईते भएकी ती महिलाको योनी,तल्लो पेट तथा तिर्घामा गम्भिर चोट लागेको छ ।
गम्भिर घाईते भएकी महिलाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घाईते महिलाको पाठेरघर तथा आन्द्राहरु बाहिर निस्किएको र गम्भिर अबस्थामा उपचार भईरहेको वीपी प्रतिष्ठानले जनाएको छ ।
भानुचौकको भानुको शालिक अगाडि धरान –काकरभिट्टा चल्ने को १ ख १९२४ नम्मरको बसले पैदल यात्रा गरि रहेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक गोपाल दाहाललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।