धरान/धरानमा एक महिलाले आफुले जन्माएको नानीलाई ढु्ङगाले किचेर हत्या गर्ने प्रयास गरेकी छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाताभित्र रहेको निर्माणा कन्ट्रि क्लबको गल्फ कोर्ष जाने बाटोको नालिमा आफ्नो नवजात बच्चालाई ढुङगाले किचेको अबस्थामा प्रहरीले उद्धार गरेको छ ।

नवजात बच्चालाई उद्धारगरि प्रहरीले उपचारकालािग वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगेको छ । आफ्नौ बच्चाको हत्या गर्न खोज्ने महिलालाईँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनाको बारेमा अनुसन्धान सुरु भएको छ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने ।