धनकुटा/ धनकुटा नगरपालिका वडा नं.१० गुठीटार देखी चुङ्गवाङ्गको दाङ्गसिङ्ग हुँदै भोजपुर जिल्लाको हतुवागढी राईघाटसम्म जानेगरी निर्माण कार्य भैरहेको मोटरवाटोको सनिवार अनुगमन गरिएको छ ।
जिल्ला विकास समिति धनकुटाका स्थानिय विकास अधिकारी एवं पुर्वाधार विकास अनुगमन समितिका जिल्ला संयोजक पर्व प्रसाद सापकोटाको अगुवाईमा चालु आर्थिक वर्षमा १५ लाख रुपयाँ लगानी गरिएको उक्त मोटरवाटोको अनुगमन गरिएको हो । अनुगमन टोलीमा पाख्रीवास नगरपािलकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल, नोपली कांग्रेसका नेता आनन्द सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका कोषाध्यक्ष नारयण प्रसाद आठपहरिया, जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई, पाख्रीवास नगर समितिका अध्यक्ष ज्ञानवहदुर गुरुङ्ग, चुङ्गवाङ्ग गाविसका पुर्व गाविस अध्यक्ष नारयण प्रसाद पौडेल, पुर्व जिविस सदस्य हरि वहादुर खत्री, कांग्रेसका पाख्रीवास नगरका नेता कोपिन मानन्धर, भुपु सैनिक संघका प्रतिनिधि श्यामप्रकास राई, नेपाली कांग्रेस गाउँ स्तरिय नेता रंगलाल रोईला लगायत सहभागी थिए । जिल्ला विकास समिति धनकुटाको पहिलो किस्ता ५ लाख र दोश्रो किस्ता १० लाख गरी जम्मा १५ लाख रुपयाँ लगानीमा निर्माण गरिएको गुठिटार दाङ्गसिङ्ग भोजपुर हतुवागढी राईघाट ४० किलोमिटर सडक मध्ये ५ लाखको लगानीका निर्माण कार्य सम्पन्न भएको वेलहरा सडक खण्ड र १० लाख रुपयाँ लगानी भएको साविक चुङ्गवाङ्ग वडा नं.८ र ९ नकुवा खोला सल्लेरी सडक खण्ड र सल्लेरी देखी साविक चुङ्गवाङ्ग–३ सैंधुवा शिवालय खण्डको स्थलगत रुपमा अनुगमन गरिएको हो ।
सडक अनुगमन पछि मोटरवाटो निर्माण समितिको आयोजनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै स्थानिय विकास अधिकारी पर्व प्रसाद सापकोटाले स्थानीय क्षेत्रको विकास मुख्य आधार सडक निर्माण भएको वताएका छन् । सो अवसर उनले विकासको मुख्य पुर्वाधार सडक भएकाले पछिल्लो समयमा जिल्ला विकास समिति धनकुटाले सडक पुर्वाधार विकास अन्तर्गत सडक निर्माणमा वढी लागी परेको स्पष्ट पारेका छन् । सो अवसरमा पाख्रिवास नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद धिताल,नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई,नेकपा एमालेका हरी खत्री,स्थानीय वासिन्दाहरु लोक वहादुर राई, युवा व्यावसायी एवं समाजसेवी यज्ञ राई लगायतले विकास निर्माणका लागी सवैभन्दा पहिले सडकको पुर्वाधार आवश्याक रहेको वताएका थिए । उनीहरुले सडक निर्माण पछि मात्र सवैखाले विकासको ढोका खुल्ने समेत दावी गरेका थिए ।
सो अवसरमा मोटरवाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कटेलले धनकुटा नगरपालिका वडा नं.१० गुठीटार देखी चुङ्गवाङ्गको दाङ्गसिङ्ग हुँदै भोजपुर जिल्लाको हतुवागढी राईघाटसम्म जाने मोटरवाटोको योजना ०६७ सालमा वनेको वताए । अध्यक्ष कटेलले ०६७ साल वैसाख १ गते तत्कालिन सांसद कुमार राई भोजपुर, राजकुमार राई धनकुटा, लिला सुब्बा धनकुटा, सांसद स्व.हरिराज खेवा धनकुटा र अधिवक्ता आनन्द सन्तोषी राई सहित पाँच जनाले राष्ट्रिय योजना आयोगमा निवेदन दिएर आ.व.०६७-०६८ देखी योजना स्वकिृत भएर हरेक वर्ष क्रमागत रुपमा सडक विस्तार हुँदै आएको वताएका छन् । सो अवसरमा कटेलले सडकको जिरोपोइन्ट धनकुटाको गुठिटारदेखी मुगा खोलासम्म सडकको प्राम्भीक ट्रयाक खोल्ने कार्य सम्पन्न भएको वताएका छन् । उनले आगामी आर्थिक वर्ष ०७४-०७५ मा मुगा खोला देखी राईघाट अरुण नदी भोजपुरसम्म वाँकी रहेको प्रारम्भीक ट्रयाक वनाई वारपार मोटर चलाउने लक्ष्य राखिएको वताए । साविक चुङ्गवाङ्ग गाविस वडा नं.९ दाङ्गसिङ्गलाई केन्द्र विन्दुमा राखेर शुरु भएको सो सडक निर्माणले धनकुटा र भोजपुर दुई जिल्लाका दक्षिणी भाग र सिङ्गो प्रदेश नं.१ को भित्री पहाडी मार्गको रुपमा सेवा पु¥याउने दावी गरिएको छ । सो सडक निर्माणको लागी डिभिजन सडक कार्यालय धनकुटावाट आ.व.०७३-०७४ मा १ करोड, १० लाख रुपयाँ विनियोजन भएकोमा वोलपत्र आव्हान गर्दा ८४ लाख, ७३ हजार, ८ सय ९८ रुपयाँ, पैसा ७२ मा स्वीकृत भएको जानकारी दिइएको छ । सो रकमले वेलहरा सडक खण्डको गुठीटार देखी भञ्ज्याङ्गसम्म कच्ची सडकका दुई लेण्डको मोटरवाटो निर्माण कार्य भैरहेको वताईएको छ ।
तर उता डिभिजन सडक कार्यालय धनकुटाका इन्जिनियर सुनिल गुप्ताले भने आ.व.०७३-०७४ मा सो सडक अन्तर्गत पर्ने थानी मन्दिर चोक देखी हिले छिन्ताङ रोडसंग जोडिने छेडीचोकसम्म वढीमा ५ किलो मिटर मोटरवाटाको स्तर उन्नतीको लागी ८३ लाख रुपयाँ छुटिएको वताए । उनले विनियोजन भएको ८३ लाख रुपयाँलाई वोलपत्र आव्हान गर्दा ४१ लखको हाराहारीमा उदयपुर गाईघाटको एक निर्माण कम्पनीलाई सडक निर्माण कार्यको जिम्मेवारी पाएको इन्जिनियर गुप्ताले वताएका छन् । वाँकी उव्रिएको रकमको समेत टेण्डर गरिएको र सो रकमले समेत सो सडकको स्तर उन्नतीमा नै खर्च गरिने इन्जिनियर गुप्ताले ब्लाष्टलाई वताएका छन् । मोटरवाटो उपभोक्ता समितिको गएको ०७३ चैत्र २७ गते वसेको वैठकले टेण्डर गर्दा उभ्रिएको रकमले सो सडकको वेलहरा, चुङ्गवाङ्ग र मुगा खण्डलाई तिन खण्डमा विभाजन गरेर आगामी आर्थिक वर्ष ०७४-०७५ मा डिपिआर तयार गरी राईघाट भोजपुरसम्म कच्ची सडक स्तरउन्नती गरेर ठूला वस र ट्रक संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष कृष्ण कटेलले वताएका छन् । लक्ष्य अनुसार आगामी वर्षको लागी यातयात मन्त्रालय काठमाण्डौ र डिभिजिन सडक कार्यालय धनकुटामा २० करोड वरावरको सडक निर्माणको लागी वजेट तथा कार्यक्रम उपभोक्ता समितिले माग गरेको पनि अध्यक्ष कटेलले वताएका छन् ।
सडक अनुगमन पछि आयोजित समापन कार्यक्रममा वोल्दै अध्यक्ष कटेलले सडक निर्माण गर्ने क्रममा आ.व.०७०-०७१ मा ट्रयाक खोल्दा निर्माण व्यावसायी यज्ञ राईको डोजर भाडा ४१ हजार, ५ सय र वाँकी थप ऋण लिएको ३ लाख, ५० हजार समेत तिर्न वाँकी रहेको वताएका छन् । कार्यक्रम सडक अनुगमन पछि साविक चुङ्गवाङ्ग–९ हाल पाख्रीवास नगरपालिका वडा नं.१० दाङ्गसिङ्ग रोटेपिङ्ग डाँडामा भएको थियो ।