इलाम / माई–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो , बेलुका जुनसुकै समय आफ्नी आमा खोज्छिन् । आँगन्, सिकुवा र बार्दलीमा बसेर टोलाउँछिन्, आमाको तस्बिर सुम्सुम्याउँछिन् ।
अनि, बेला–बेला आमालाई बोलाउँदै डाँको छोड्छिन् ।‘फोबा, आमा कहिले घर आउनुहुन्छ ?’ बालिकाले हजुरबुबालाई बारम्बार गर्ने प्रश्न हो यो । तर, ८४ वर्षे बर्दमान राईसँग नातिनीको जिज्ञासाको जवाफ छैन । बालिकाले प्रश्न सोध्नेबित्तिकै बर्दमानसमेत उनकै अनुहार हेरेर भक्कानिन्छन् ।
सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा पर्ने महमाई गाृउँस्थित कलकत्ते टोलको निम्नवर्गीय राई परिवार २ वर्षदेखि बुहारीको व्यवहारले तड्पिइरहेको छ । बुहारी मनमायाले १० वर्षे छोरा विमल, ६ वर्षे छोरा निर्मल र काखेबालिका स्वस्तिकालाई साथै लिएर मनि ट्रान्सफर जाने भन्दै घरबाट हिडेको राईले बताए । तर, डेढ बर्षपछि घरमा छोराछोरी बेचेको खबर आएको उनी बताउछन् ।
घर–परिवारलाई आएको जानकारीअनुसार मनमायाले स्वस्तिकालाई ४ हजार र २ छोरालाई ८ देखि १० हजार भारतीय रुपैयाँ लिएर कामदारको रुपमा बेचेकी हुन् ।
नगरिक पूर्वेलीबाट