बैंकक/थाइल्याण्डका राजा महा वाजिरालङ्कर्णको ६५ औँ शुभजन्मोत्सव शुक्रबार मनाइएको छ ।

उनी थाइल्याण्डको राजा भएपछि थाई राजाको रूपमा पहिलो पटक आज मौसुफको शुभजन्मोत्सव मनाइएको हो । यद्यपि हाल थाइल्याण्डको राजपरिवार शोकमा रहेको छ । थाइल्याण्डका पूर्वराजा भूमिबोल अदुल्यादेजको गतवर्ष निधन भएको थियो । उनकाे ७० वर्षसम्म आफ्नो शासन सत्तामा रहेका थिए । उनलाई बैंकको सडकमा निकै ठूलो सङ्ख्यामा लाम लागेर उभिएका बौद्ध भिक्षुहरूले शुभकामना व्यक्त गरेका थिए । साथै उनको जन्मोत्सवको शुभअवसर पारेर उहाँको राजगद्दि आरोहणको संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरिएको थियो । शोकमा रहेकाले बाजागाजा एवम् ठूलो उत्सवका रूपमा नभएर मौनधारण तथा मौन रूपमा नै राजाको जन्मदिन मनाइएको प्राप्त समाचारहरूमा जनाइएको छ । रासस