मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित बाँसबारीमा बिहीबार बेलुका ट्याङकरको ठक्करबाट स्कुटरमा सवार एक जनामो मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
कोशीराजमार्गमा बिराटनगरबाट धरान जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्याङकरले को २५ प ८२०२ नम्बरको स्कुटरलाई बेलुका साढे ७ बजे ठक्कर दिएको थियो। ठक्करबाट स्कुटरको पछाडी सवार ईटहरी ६ बस्ने बर्ष २७ कि खुस्बु शाह घाईते भई उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो। त्यस्तै स्कुटरका चालक सोही ठाउँ बस्ने बर्ष २१ की आशा रिजालको एम्स अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। ट्याङकर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।