धरान/सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले शुक्रबार राती आधा किलो गाँजासहित एक युवकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भोजपुर पौवादुम्बा गाउँपालिका ६ घर भई हाल ईटहरी २० तरहराका २० बर्षिय टिकाराम राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ । यस्तै मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी बराह नगरपालिका ६ का २६ बर्षिय संदिप राईलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल र डाईजेल्याब ८ एम्पुल बरामद गरेको हो ।