Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सिङ्गो बस्ती नै तरकारी खेतीमा

सिङ्गो बस्ती नै तरकारी खेतीमा

  • कार्तिक २१, २०७५
  • ब्लाष्ट खबर

भीमदत्तनगर ।   कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् । 

लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ ।”

स्थानीय तरकारी खेती गर्दै आएका किसान हरिराम चौधरीले भन्छन्, “अरु खेतीभन्दा यसमा बढी मुनाफा भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका हरिराम चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् । “राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो ।”उनले बताए, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।” कुनै बेला आर्थिक अवस्थाले समस्या रहेको बताउँदै चौधरीले तरकारी खेतीकै कमाइले धेरै सम्पति जोडेको भने। “शुरुमा त धेरै समस्या थियो, जब मैले तरकारी खेती शुरु गरे राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।” उनले भने, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाए ।” जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । “तरकारीको कमाइले ट्र्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे ।” उनले भने, “मिहेनत गरे विदेशिनु पर्दैन ।” उनले तरकारी खेतीबाट वार्षिक रु १२ देखि १३ लाखसम्म आम्दानी हुने गरेको बताए । त्यस्तै बालुवाफाँटाका टेकबहादुर चौधरी पनि तरकारी खेतीमै व्यस्त छन् । दुई वर्ष कतारमा मजदूरी गरेर घर आएको चौधरीले अहिले १५ कठ्ठा जमीनमा तरकारी लगाएका छन् । “वैदेशिक रोजगार मन नपरेपछि यहाँ आएर एक कठ्ठाबाट तरकारी खेती थालेको थिए ।” उनले भने, “खेती फष्टाउन थालेपछि बढाउँदै लगेको छु ।” उनले तरकारी खपतका लागि बजारको समस्या नरहेको बताए । “तरकारी लिन जिप गाउँमै आइपुग्छन् ।” उनले भने, “गाडी नआएको दिन मोटरसाइकलमा भए पनि तरकारी बजार पुर्याउँछु ।” कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत किसान तरकारी खेतीमा लागेको बताए । “पहिले त धान गहुँमै जोड थियो ।” वडाध्यक्ष चौधरीले भने, “अहिले तरकारी खेती उचाइमा पुगेको छ ।” उनले किसानको प्रोत्साहनका लागि सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । (रासस) ब्लाष्टखबर युट्युब
सम्बन्धित समाचार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए

भद्रपुर । बिर्तामोड–६ स्थित सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् । ...

औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न

धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छात ...

कोशीमा बढ्दो पारिवारिक हत्या

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय पारिवारिक अपराधको भयावह रूप देखिन थाले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
आजको राशिफलः २०८२ साल साउन ८ गते बिहीबार
कोशी प्रदेशमा एक बर्षमा झण्डै २७ हजार केजी गाँजा बरामद
धरान–चतरा खण्डको दुई खोलाका पुल सुचारु
रोटरी क्लबको पदस्थापन सम्पन्न
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
महानगरको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
बोलेरो दुर्घटनामा नौ घाइते, पाँचको अवस्था गम्भीर
धरानमा गोरु काटेर खाएको आरोपमा ७ जना पक्राउ
विकेन्द्रीकरणः सिद्धान्त सही, कार्यान्वयन कमजोर
आजको राशिफलः २०८२ साल साउन ६ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved