Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल

सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल

alt
  • वैशाख ६, २०७६
  • रासस
 
चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन ।  प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए । 
उनले भने , “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए  । सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए ।  उनले भने , “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।” सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उनले भने, “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको दाहालको भनाइ थियो ।
 
लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको भन्दै उनले भने , “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको बताए । “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उनकाे भनाई थियाे ।
 
पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताए  । उनले भने, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।”  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिए । कार्यक्रमअन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्र्रिया गरिँदै छ ।
सम्बन्धित समाचार
रोटरी क्लब अफ धरान घोपामा ताम्राकार

धरान/सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा ईश्वर ताम ...

हर्क साम्पाङलाई दलहरूको ध्यानाकर्षण

धरान । धरान उपमहानगरपालिका–१२ मा अवस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

स्थानीयले सडकमै रोपे धान

विराटनगर । निर्माण सुरु भएको ६ वर्षमा जम्मा २७ प्रतिशत काम । वर्षाले हिलाम् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
रोटरी क्लब अफ धरान घोपामा ताम्राकार
हर्क साम्पाङलाई दलहरूको ध्यानाकर्षण
स्थानीयले सडकमै रोपे धान
झापाबाट लागूऔषसहित तीन पक्राउ
कृषि उत्पादनमा आत्मनिर्भरता मात्र पर्याप्त होइन
आजको राशिफलः २०८२ साल साउन २३ गते शुक्रबार
जाली नोटसहित दुई पक्राउ
जनताको आवाज बोलिरहने यी सांसद्
खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर
रातभरि रुखमा बाँधेर राखेपछि ...
बीपीमा उपकुलपतिः योग्यता कि राजनीतिक भागबण्डा ?
आजको राशिफलः २०८२ साल साउन २२ गते बिहीबार
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु
कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved