Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • निःशुल्क शिक्षा दिँदा सामाजिक सहभागिता बढ्ने निष्कर्ष

निःशुल्क शिक्षा दिँदा सामाजिक सहभागिता बढ्ने निष्कर्ष

  • जेठ ५, २०७६
  • ब्लाष्ट खबर
 
धरान । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ ।
 
‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको हो । नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरीबको विभेद उत्पन्न हुने गरेको तथा सामुदायिक विद्यालयमा धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबर (उच्च समिश्रण) भएमा भेदभाव झन् बढ्ने देखिएको छ ।
 
स्वीट्जरल्याण्डको जुरिच विश्वविद्यालयका डा जेनी ग्रुटर, संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका प्रा मेलानी किलेन र नेपालको त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७६४ विद्यालयका विद्यार्थीमा गरेको एक अध्ययनले गरीब परिवारका विद्यार्थीलाई सरकारको छात्रवृत्तिको प्रबन्धले उनीहरुमा सकारात्मक सामाजिक अन्तर्क्रियाको भावना विकास भएको औँल्याएको हो । अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, “कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च सम्मिश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो । तुलनात्मक रुपमा धनी पृष्ठभूमिका बालबालिका गरीब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो ।”
 
कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिका माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि गर्ने सुझाव दिइएको छ । भेदभाव र बहिष्करण न्यून गराउन कत्तिको सहयोग पुग्छ भन्नेबारेमा आफूहरुले एक वर्षदेखि अध्ययन गरिरहेको अनुसन्धानकर्ता ढकालले बताए । उनले विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरूले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि विश्वसनीय हुने कम्प्युटरमा आधारित एक विधिको पनि विकास गरेको जानकारी दिए ।
सम्बन्धित समाचार
जाली नोटसहित दुई पक्राउ

धरान । सुनसरीको कोशी गाउँपालिका–८ भीमनगर बोर्ड पोष्टनजिकै जाली नोटको काराबो ...

जनताको आवाज बोलिरहने यी सांसद्

धरान । कतिपय जनप्रतिनिधि पदमा पुगेपछि मौन बस्न थाल्छन् । न जनताको आवाज हुन् ...

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष कुल ११ लाख ८२ हजार २ सय २१ मेट्रिक टन व ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जाली नोटसहित दुई पक्राउ
जनताको आवाज बोलिरहने यी सांसद्
खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर
रातभरि रुखमा बाँधेर राखेपछि ...
बीपीमा उपकुलपतिः योग्यता कि राजनीतिक भागबण्डा ?
आजको राशिफलः २०८२ साल साउन २२ गते बिहीबार
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु
कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा
ट्रान्सफर्मर चोरी घटना: चोरी गर्ने र किन्नेसहित १२ पक्राउ
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित
कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण
पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
६ अर्बः ‘ऋण वा अनुदान’ अन्यौलता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल साउन २१ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved