श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २१ गते बुधबार, ६ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको द्वादशी  तिथि १२ः४४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मूल १२ः४८ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः३० बजे र सूर्यास्त ०६स्४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

काम बिग्रने भयले सताउनेछ । उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।  जिम्मेवारी प्राप्त भए पनि ऋणभार बढ्न सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ ।व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनु पर्ने देखिन्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्यगत समस्याले सताउन सक्छ। चुनौती सामना गर्नुपर्दा चिन्ता र छट्पटी बढ्न सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।      

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरूका लागि श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दुःख पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूको फाइदाका लागि उपयोग भइनेछ । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ।